
काठमाण्डौः पाकिस्तानको कराँची शहरबाट रावलपिन्डीका लागी छुटेको रेलमा आगलागी हुँदा कम्तिमा ७३ जनाको मृत्यु भएको छ ।
रेलमा सवार यात्रुले ब्रेकफास्ट पकाउने क्रममा ग्याँस सिलिण्डर पड्केर आगलागी भएको रेलवे मन्त्री शेख रसिद अहमदले बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छ्न् ।
पाकिस्तान रेलवेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो। सो रेलको तीन वटा क्यारिएजसम्म आगो फैलिएकोले प्रायजसो यात्रुले हामफालेर भाग्न खोज्दा मृत्यु भएको जनाइएको छ ।
स्थानीय अधिकारीका अनुसार कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको हालसम्म पुष्टि भएको छ भने अन्य ४० जना घाइते भएको बताइएको छ ।