सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

६० हजार घुस रकम सहित प्रहरी (सई) अख्तियारको फन्दामा

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाराबाट नेपाल प्रहरीका एक सई ६० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।

प्रहरी चौकी गञ्जभवानीपुरका प्रहरी नायब निरीक्षक (सई) जटाशंकर प्रसाद कलवारलाई ६० हजार घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले बिहिबार उनलाई पक्राउ गरेको हो ।

एक जना स्थानीय कपडा व्यापारीसँग कलवारले घुस रकम लिई रहेको अवस्थामा कलैया उपमहानगरपालिका–४ स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।

घुस रकमसहित पक्राउ परेका सइलाई अनुसन्धानको लागि हेटौंडा स्थित अख्तियारमा राखिएको र थप कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय काठमाडौंको टंगालमा बुझाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘विकासका काममा अवरोध नगरौँ’

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

मुलुकको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा गर्नु सेनाको प्रमुख कार्यः प्रधानसेनापति

पोल्यान्डका प्रधानमन्त्रीद्वारा जर्मन सीमा नियन्त्रण ‘अस्वीकार्य’ भन्दै आलोचना

मादी नदीले बगाउँदा बालक बेपत्ता

मेरो पहिलो काम नीति र विधि बनाउने हो- गृहमन्त्री लेखक

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु

कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

प्रधान सेनापति सिग्देलद्वारा पद बहाली

भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित