काठमाण्डौः भारतीय राजदूतावास लैनचाैर काठमाडौंले कक्षा ११ र स्नातक प्रथम बर्षमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुबाट महात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन आव्हान गरेको छ ।
दुतावासले माहात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्तिको नाममा कक्षा ११ मा अध्ययनरत एक हजार जना विद्यार्थीहरूलाई मासिक २ हजार र स्नातक प्रथम बर्षमा अध्ययनरत सयजना विद्यार्थीलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
छात्रवृत्ति कार्यक्रममा सहभागी हुनको लागि सम्बन्धित विद्यार्थीले दूतावासले तोकेको मापदण्ड पूरा गर्नुपर्ने छ । मापदण्ड पूरा गरेका विद्यार्थीले मात्र दूतावासको आधिकारिक वेवसाइटमा गइ आवश्यक कागजपत्र सहित निवेदन दिनुपर्ने छ ।
आवेदकको पारिवारिक वार्षिक आय २ लाख भन्दा कम हुनुपर्ने भनिएको छ । आवेदन दिने विद्यार्थी नेपाल सरकारबाट मान्यता प्राप्त कुनैपनि कलेजमा अध्ययन गरिरहेको हुनु पर्नेछ। महात्मा गान्धी छात्रवृत्तिको लागि विद्यार्थीले कम्तिमा पनि कक्षा १० मा ६० प्रतिशत कूल अंक प्राप्त गरेको र कक्षा ११ मा अध्ययन गरिरहेको हुनुपर्नेछ।
स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदकले कम्तिमा पनि प्लस २ मा ७० प्रतिसत कूल अंक र नेपालको कुनैपनि मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको प्रथम बर्ष वा प्रथम सेमेस्टरमा भर्ना भएको नियमित विद्यार्थी हुनुपर्नेछ।
भारतिय दुतावासले विगत १० बर्ष देखि नै नेपाली विद्यार्थीलाई यस प्रकारको छात्रवृत्ति प्रदान गर्दै आएको छ । आवेदकले अध्ययन गरिरहेको शैक्षिक संस्थाको प्रधानध्यापकद्वारा प्रमाणित प्रमाणपत्र पेस गर्नु पर्नेछ।
अनलाईन आवेदन www.goischolarship.com.np मा पठाउनुपर्नेछ। आवेदनको अन्तिम म्याद यही मंसिर ९ गतेसम्म अर्थात नोवेम्बर २५ सम्म रहेको छ।
छात्राबृत्तिको लागी दुताबासले प्रकाशित गरेको फारमः


