सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कृष्णनगर घटनाका मुख्य योजनाकार साह पक्राउ

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कपिलवस्तुको कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्न अवरोध गर्ने मुख्य योजनाकार जमाल साहलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।

कृष्णनगर बजारमा लुकिछिपी बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताए ।

पक्राउ परेका साहलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय तौलिहवामा पुर्याइएको छ । बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा हिन्दु मुसलमान बिच झडप भएको थियो ।

उक्त झडप पश्चात प्रसासनले लगाएको कर्फ्युको अवज्ञा गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको ज्यान गएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहान ११ बजेदेखि कृष्णनगरका केही क्षेत्रमा कर्फ्यु लगाएको थियो । दुवै पक्षबीच सहमति जुटेपछि प्रसासनले शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटाएको छ भने कृष्णनगर पूर्ववत अवस्थामा फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना