सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कृष्णनगर घटनाका मुख्य योजनाकार साह पक्राउ

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कपिलवस्तुको कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्न अवरोध गर्ने मुख्य योजनाकार जमाल साहलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।

कृष्णनगर बजारमा लुकिछिपी बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताए ।

पक्राउ परेका साहलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय तौलिहवामा पुर्याइएको छ । बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा हिन्दु मुसलमान बिच झडप भएको थियो ।

उक्त झडप पश्चात प्रसासनले लगाएको कर्फ्युको अवज्ञा गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको ज्यान गएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहान ११ बजेदेखि कृष्णनगरका केही क्षेत्रमा कर्फ्यु लगाएको थियो । दुवै पक्षबीच सहमति जुटेपछि प्रसासनले शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटाएको छ भने कृष्णनगर पूर्ववत अवस्थामा फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा