काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवाश बालुवाटारमा शनिबार ३ घण्टासम्म बसेको बैठकले प्रतिनिधिसभा सदस्यको रिक्त पदका लागि हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट भट्टराईलाई उठाउने निर्णय गरेको हो ।
नेकपा उच्च स्रोतका अनुसार गत साल फाल्गुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन पर्यटन मन्त्री एवं कास्की क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद रविन्द्र अधिकारीको रिक्त स्थानमा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाँउदा बिजयी सुनिश्चित हुने भन्दै उनीलाइ उम्मेदवार बनाउने सचिवालय सदस्यबिच सर्वसम्मत निर्णय गरिएको बताइएको छ ।
यसअघि नेकपा कास्की जिल्ला कमिटिले स्वर्गिय नेता रविन्द्र अधिकारीको पत्नि भट्टराइको मात्र नाम सिफारिस गरेको भएपनि प्रदेश कमिटिले थप दुइ जनाको नाम सिफारिस गरेको गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरूङ्ले जानकारी दिए ।