सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्दा ८ जनाको मृत्यु ३५ जना घाइते  

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: दोलखाको मागा देउरालीबाट आईतबार साँढे १ बजे काठमाण्डौँतर्फ आउँदै गरेको यात्रुवाहक बस सुनकोशीमा खस्दा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला २ जना पुरुष १ जना बच्चा रहेको ।

शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार उक्त बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामाङ्गलाई पानीबाट उद्दार गरि स्थानिय अस्पतालमा उपचार गरिएको बताए ।

उक्त बस सुनकोशी नदिमा पुरै डुबेको र हालसम्म ८ जनाको शव फेला पर्नुको साथै ३५ जना घाइतेको स्थानिय र प्रहरीको सहायतामा उद्दार गरि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उक्त गाडीमा ३४ जना यात्रुले दोलखाको मागा देउरालीबाट टिकट काटेर आएका थिए । टिकट  नकाटेका अन्य यात्रुहरू गरि करिब ४५ जना भन्दा बढी यात्रु रहेको प्रहरीको अनुमान रहेको ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । अहिले उद्धार कार्य जारी रहेकोले घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य