सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्दा ८ जनाको मृत्यु ३५ जना घाइते  

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: दोलखाको मागा देउरालीबाट आईतबार साँढे १ बजे काठमाण्डौँतर्फ आउँदै गरेको यात्रुवाहक बस सुनकोशीमा खस्दा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला २ जना पुरुष १ जना बच्चा रहेको ।

शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार उक्त बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामाङ्गलाई पानीबाट उद्दार गरि स्थानिय अस्पतालमा उपचार गरिएको बताए ।

उक्त बस सुनकोशी नदिमा पुरै डुबेको र हालसम्म ८ जनाको शव फेला पर्नुको साथै ३५ जना घाइतेको स्थानिय र प्रहरीको सहायतामा उद्दार गरि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उक्त गाडीमा ३४ जना यात्रुले दोलखाको मागा देउरालीबाट टिकट काटेर आएका थिए । टिकट  नकाटेका अन्य यात्रुहरू गरि करिब ४५ जना भन्दा बढी यात्रु रहेको प्रहरीको अनुमान रहेको ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । अहिले उद्धार कार्य जारी रहेकोले घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज विश्व पर्यटन दिवस मनाइँदै

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी