सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौं जिल्ला अदालतमा महराको थुनछेक बहस जारी

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निवर्तमान सभामुख कृष्णबहादुर महरासँग जिल्ला अदालत काठमाण्डौले थुनछेक बहस शुरू गरेको छ ।

सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा गत बिहीबार जिल्ला अदालतमा दर्ता गरेको मुद्धामा महरालाई बिहान सवा ११ बजे अदालतमा उपस्थित गराएर थुनछेक बहस शुरू गरेको हो ।

आईतबारको थुनछेक बहसमा महराको पक्षबाट पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरू लभ मैनाली, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बराल, मुरारी सापकोटा र चन्द्र गुरागाँईंले बहस गरिरहेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासमा उनको थुनछेक बहस सुरू भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

अदालतको बन्द इजलासमा शुक्रबार भएको बयानमा महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पीडित भनिएकी महिलालाई सम्झाउन गए पनि फोन नउठेपछि कोठामा नगई फर्किएको र आफूले सभामुखको मर्यादा कायम राखेको बताएका थिए ।

प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालतमा बिहिवार मुद्दा दर्ता गरेको थियो ।

काठमाण्डौ जिल्ला अदालतमा गएको शुक्रबार बयान सकिए पनि हिजो शनिबार परेकाले थुनछेक बहस नसकिएकोले महरालाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा अघि बढाउनेकी धरौटी वा साधारण तारेखमा छोड्ने फैसला अदालतले गर्नेछ ।

महरामाथि संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि प्रहरीले गत असोज १९ गते सभामुखको सरकारी निवाशबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !

मुलुकको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा गर्नु सेनाको प्रमुख कार्य हो : प्रधान सेनापति सिग्देल

पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल

रेल्वे विभागले सुचना लुकाएको भन्दै अदालतको परमादेश जारी

निषेधाज्ञापछि पनि कोशीका पुर्व मुख्यमन्त्री कार्कीले थाले अनसन

उपसभामुखलाई कसरी हटाउन सकिन्छ ?

वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान – ३० गते स्वदेश फर्कने

खाजा समय आधा घण्टाभन्दा बढी नराख्न निर्देशन

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउने छौं- मन्त्री पाण्डे

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मधेश प्रदेशमा सम्मानित

नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ- महानिरीक्षक कुँवर