सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखहरु पदमुक्त

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेकी छन् ।

आईतबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम राष्ट्रपति भण्डारीले आइतबार साँझ सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन् ।

संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

हटाइएका प्रदेश प्रमुखहरूमा प्रदेश १ बाट प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ बाट रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ बाट अनुराधा कोइराला रहेकी छन् । यसैगरी गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल रहेका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति