सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बंगलादेशका राष्ट्रपति कात्तिक २६ मा नेपाल आँउदै

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चारदिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

उच्च कुटनीतिक स्रोतबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति हमिद नेपाल भ्रमणको लागी कात्तिक २६ नेपाल आउने मिति तय भइसके पनि दुवै देशले सार्वजनिक गरेका छैनन् ।

हमिदको भ्रमणबारे सबैभन्दा पहिले बंगलादेशका विदेश सचिव साहिदुल हगले कात्तिक ९ मा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

बंगलादेशको अंग्रेजी दैनिक ‘द डेली स्टार’ का अनुसार विदेश सचिव हगले केही समयअघि अजरबैजानको बाकुमा सम्पन्न असंलग्न अभियानको १८ औं शिखर सम्मेलन लगत्तै गरिएको पत्रकार सम्मेलनमा हमिदले नेपाल भ्रमण गर्ने जानकारी दिएका हुन् ।

हमिदको नेपाल भ्रमणका क्रममा दुई पक्षबीच बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीच हुने भनिएको मोटर भेहिकल सम्झौता र ऊर्जा व्यापार सम्झौता (पीटीए) हुने सम्भावना छ ।

सचिव हगले राष्ट्रपति हमिदको नेपाल भ्रमणका दौरान ती विषयमा सकारात्मक छलफल हुने बताएका छन् ।

उनले बीबीआईएनअन्तर्गत रहेर हुने भनिएको मोटर भेहिकल सम्झौताबाट भुटान पछि हटे पनि बाँकी तीन देश मिलेर अघि बढ्न सकिने बताएका थिए ।

नेपाल–भारत–भुटान र बंगलादेशबीच सीधा बस सेवा सञ्चालन गर्ने भनिए पनि भुटानले नमानेकाले हालसम्म उक्त काम अघि बढ्न सकेको छैन ।

नेपाल र भारतबीच सिधा बस सेवा अहिले सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाकिस्तानमा आम निर्वाचन जनवरीको अन्तिम साता

लिबिया बाढी : त्रिचालिस हजार बढी विस्थापित

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

पुटिनको आह्वानपछि काराबाखमा युद्धविराम घोषणा

अजरबैजान र अर्मेनियाबिरुद्ध युद्ध सुरु, २५ काे मृत्यु

शिख नेता खालिस्तानीको हत्या प्रकरण: क्यानडाले गर्‍यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

खलिस्तानी प्रमुखलाई भारतले मारेको क्यानेडियन प्रधानमन्त्रीको आराेप

जापानमा ८० भन्दा बढी उमेरका जनसंख्या १० प्रतिशत नाघ्यो

इरानद्धारा पाँच अमेरिकी नागरिकलाई रिहा, बदलामा अमेरिकाद्धारा इरानी सम्पत्ति फुक्का

पाकिस्तानमा उग्रपन्थी मुसलमानद्धारा अहमदी समुदाय माथी आक्रमण जारी, ३१ पुजास्थल भत्काइए

इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान

लिबियाको बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला र कुपोषणको महामारी फैलन सक्ने चेतावनी