सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बंगलादेशका राष्ट्रपति कात्तिक २६ मा नेपाल आँउदै

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चारदिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

उच्च कुटनीतिक स्रोतबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति हमिद नेपाल भ्रमणको लागी कात्तिक २६ नेपाल आउने मिति तय भइसके पनि दुवै देशले सार्वजनिक गरेका छैनन् ।

हमिदको भ्रमणबारे सबैभन्दा पहिले बंगलादेशका विदेश सचिव साहिदुल हगले कात्तिक ९ मा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

बंगलादेशको अंग्रेजी दैनिक ‘द डेली स्टार’ का अनुसार विदेश सचिव हगले केही समयअघि अजरबैजानको बाकुमा सम्पन्न असंलग्न अभियानको १८ औं शिखर सम्मेलन लगत्तै गरिएको पत्रकार सम्मेलनमा हमिदले नेपाल भ्रमण गर्ने जानकारी दिएका हुन् ।

हमिदको नेपाल भ्रमणका क्रममा दुई पक्षबीच बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीच हुने भनिएको मोटर भेहिकल सम्झौता र ऊर्जा व्यापार सम्झौता (पीटीए) हुने सम्भावना छ ।

सचिव हगले राष्ट्रपति हमिदको नेपाल भ्रमणका दौरान ती विषयमा सकारात्मक छलफल हुने बताएका छन् ।

उनले बीबीआईएनअन्तर्गत रहेर हुने भनिएको मोटर भेहिकल सम्झौताबाट भुटान पछि हटे पनि बाँकी तीन देश मिलेर अघि बढ्न सकिने बताएका थिए ।

नेपाल–भारत–भुटान र बंगलादेशबीच सीधा बस सेवा सञ्चालन गर्ने भनिए पनि भुटानले नमानेकाले हालसम्म उक्त काम अघि बढ्न सकेको छैन ।

नेपाल र भारतबीच सिधा बस सेवा अहिले सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील