सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रि.वि.वि. उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को कार्यालयका अनुसार उपकुलपति बास्कोटाको सोमबार नियुक्ति पत्र बुझेर पदवहाली हुने कार्यक्रम रहेको बताइएको छ । डा. बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन् ।

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सिफारिश समितिको बैठकले उपकुलपतिमा बाँस्कोटाको नाम दुई नम्बरमा सिफारिस गरेको थियो ।

डा. बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष रहेका थिए । काउन्सिलमा रहँदा डा बास्कोटाले धेरै सुधारका कामहरू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

बेलायतका विद्यालयमा मोबाइल फोन लैजान रोक

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री दाहाल

विद्यालयमा राजनीतीकरण, महिला सदस्यको विषयमा विवाद हुँदा अभिभावक भेला फेरि स्थगित

गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न मुख्यमन्त्री शर्माको आग्रह

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ: प्रधानमन्त्री

कोरियन भाषा परीक्षा आजदेखि सुरु

त्रिविको उपकुलपतिमा तीन उम्मेदवारको नाम सिफारिस

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

विश्वविद्यालयको शिक्षा युवा पलायन रोक्ने हुनुपर्छ : मुख्यमन्त्री पाण्डे