
काठमाण्डौ: निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।
संसद सचिवालयकी एकजना महिला कर्मचारीसँग जबरजस्ती करणीको अभियोग लागेका महराको जिल्ला अदालत काठमाडौंमा न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार नसकिएको बहस सोमबार मध्याह्नबाट सुरु भएको हो ।
महरासँगको बयान गत शुक्रबार सकिएपनि थुनछेक बहस नसकिएकोले महरा पक्षका वकिलहरुले सोमबार दोस्रो दिन बहस सुरु गरेका छन् ।
महराको थुनछेक बहस सकिएपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुना, धरौटी वा तारेखमा रिहा गर्ने आदेश दिनेछ ।