सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बसको ठक्करबाट डाक्टर नर्सको मृत्यु

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मोरङको विराटनगर स्थित  बुढीगंगा गाँउपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मत्यु भएको छ ।

सोमबार विहान को१ख ७२२५ नम्बरको बसले विराटनगरतर्फ जाँदै गरेको को२७प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ बाबु छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुन्दरहरैंचा नगरपालिका ११ बस्ने ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझी छन् ।

मृतक बाबु पेशाले चिकित्सक थिए भने छोरी स्टाफ नर्स थिइन ।

बसको ठक्करले गम्भीर घाइते बाबु-छोरीको विराट मेडिकल कलेज पुर्याउने क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बाबु आँखाका डाक्टर हुन्। उनी गोल्छा आँखा अस्पतालमा कार्यरत थिए।

स्टाफ नर्स अञ्जली न्युरो अस्पतालमा कार्यरत थिइन्।

‘छोरीलाई अस्पताल छोडेर आफू पनि ड्युटीमा जाने भनी हिँडेका बखत बसले ठक्कर दिँदा दुबैको मृत्यु भएको हो,’ श्रेष्ठले भने।

दुबैको शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु

बायोग्यासबाट जैविक मल र एलपी ग्यास उत्पादन

काँचो केरामै विषादीको मात्रा भेटियो

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति

समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने

अपाङ्गता भएकालाई घरमै परिचपत्र

हीरापाटाका एक सय ५० घरमा धारा जडान

आज रत्नपार्क वितरण केन्द्र मातहतको बिजुली काटिने : कहाँ कहाँ बत्ती हुँदैन ?

आमालाई ‘सुत्केरी चूल्हो’, छोरी जन्मे पाँच हजार

मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी