सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सचिवालय बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगायो साँझसम्म सपथ खुवाउने सरकारको तयारी

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारुढ प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  बैठकले रिक्त प्रदेश प्रमुखहरुको नामावली टुंगो लगाएको हो ।

नयाँ प्रदेश प्रमुखहरुको लागि सिफारिस हुनेहरुमा अमिक शेरचन (चितवन), तिलक परियार (बाँके), धर्मनाथ यादव(सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), शर्मिला त्रिपाठी (चितवन), विष्णु प्रसाईं (झापा)र गोविन्द कलौनी (डडेलधुरा) रहेका छन् ।

सिफारिस भएकाहरुको नामलाई सोमबार आजै बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने जनाईएको छ ।

सम्भवत राष्ट्रपतिबाट साँझसम्ममा नयाँ प्रदेश प्रमुखहरूको पद तथा गोपनियताको सपथ हुने बालुवाटार स्रोतले हरियालि नेपाललाई जानकारी दिए ।

नेकपा सचिवालय बैठकले छनाैट गरेका नामावलीलाई मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिसका लागि पेस गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ । सातै प्रदेशका लागि सिफारिस भएका सबै नामावली नेकपा निकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै