सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपनिर्वाचनका लागि आयोगले तोक्यो उम्मेदवार र खर्चको मापदण्ड

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधिसभाका उम्मेदवारले २५ लाख र प्रदेशसभाका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सीमा तोकियो

काठमाण्डौ: उपनिर्वाचनका लागी उम्मेद्वारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिएको छ।

निर्वाचन आयोगले तोकेको खर्चको सिमा अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउँछन् ।

प्रतिनिधिसभाको कास्की २, प्रदेशसभाको बागलुङ, दाङ र भक्तपुर गरि एक/एक क्षेत्रमा आगामी मंसिर १४ गते निर्वाचन हुँदैछ।

त्यस्तै उपमहानगरपालिका प्रमुख उम्मेदवारले ५ लाख ५० हजार उपमहानगरका वडाध्यक्षले २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार साथै वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउने सिमा तोकेको आयोगले जनाएको छ।

दलहरूले उपनिर्वाचनका लागि कात्तिक २१ गतेसम्म उम्मेदवार मनोनयन गरिसक्नुपर्ने छ । अर्थ मन्त्रालयबाट आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको बताएको छ ।

उपनिर्वाचन हुने चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको र ३३ जिल्लामा बुधबारसम्म मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलेसक्ने आयोगको तयारी रहेको छ ।

उपनिर्वाचनका लागि ४ लाख ५४ हजार ११४ मतदाता छन् भने २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र रहेका छ्न ।

मंसिर १४ को उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष गरी ५२ पदका लागि उपनिर्वाचन हुने आयोगको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो