सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपनिर्वाचनका लागि आयोगले तोक्यो उम्मेदवार र खर्चको मापदण्ड

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधिसभाका उम्मेदवारले २५ लाख र प्रदेशसभाका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सीमा तोकियो

काठमाण्डौ: उपनिर्वाचनका लागी उम्मेद्वारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिएको छ।

निर्वाचन आयोगले तोकेको खर्चको सिमा अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउँछन् ।

प्रतिनिधिसभाको कास्की २, प्रदेशसभाको बागलुङ, दाङ र भक्तपुर गरि एक/एक क्षेत्रमा आगामी मंसिर १४ गते निर्वाचन हुँदैछ।

त्यस्तै उपमहानगरपालिका प्रमुख उम्मेदवारले ५ लाख ५० हजार उपमहानगरका वडाध्यक्षले २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार साथै वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउने सिमा तोकेको आयोगले जनाएको छ।

दलहरूले उपनिर्वाचनका लागि कात्तिक २१ गतेसम्म उम्मेदवार मनोनयन गरिसक्नुपर्ने छ । अर्थ मन्त्रालयबाट आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको बताएको छ ।

उपनिर्वाचन हुने चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको र ३३ जिल्लामा बुधबारसम्म मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलेसक्ने आयोगको तयारी रहेको छ ।

उपनिर्वाचनका लागि ४ लाख ५४ हजार ११४ मतदाता छन् भने २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र रहेका छ्न ।

मंसिर १४ को उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष गरी ५२ पदका लागि उपनिर्वाचन हुने आयोगको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित