सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुरुङभित्र फसेका मजदुरको उद्धारका लागी सशस्त्र प्रहरी टोली घटनास्थलमा

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बझाङमा निर्माण भैरहेको कालंगा जलविद्युत आयोजनको सुरूङभित्र फसेका मजदुरको उद्धारको लागि सशस्त्र प्रहरी टोली घटना स्थलमा पुगेको छ ।
आइतबार दिउँसो सुरुङभित्र काम गर्नका लागि पसेका ६ जनामध्ये दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका थिए । अन्य ४ जना मजदुर सम्पर्क विहीन भएपछी सोमबार सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट हेलिकप्टर मार्फत नौ जनाको उद्धार टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेशबहादुर बमले बताउनुभयो ।

विपद व्यवस्थापक र उद्धार तालिम प्राप्त प्रहरी निरीक्षक लगाएत ९ जनाको टोली सोमबार मध्यान्ह साडे २ बजे घटनास्थल पुगेको हो ।

मजदुरहरुको उद्धार प्रयास भइरहेको छ । सुरुङभित्र फस्नेमा दैलेख गुराँस गाउँपालिका-३ का ३२ वर्षीय महेन्द्र शाही र कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका -६ का २८ वर्षीय महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका -१ का ३५ वर्षीय शेरसिंह धामी रहेका छन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका उच्च अधिकारीसहरु त्यस स्थानमा उद्धारकालागि पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या