सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कालङ्गा हाइड्रो पावरको सुरूङभित्र फसेका ४ मध्ये ३ जनाको शव फेला १ को खोजी कार्य जारी

२०७६ कार्तिक १८, सोमबार
बझाङ्गको कालङ्का हाइड्रो पावर
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बझाङको बुङ्‍गल नगरपालिका-१ कालागाढमा निर्माणधीन कालङ्गा हाइड्रोको सुरूङभित्र फसेका चार जना मध्ये तीन जना मजदुरको शव फेला परेको छ ।

सुरुङभित्र पसेका चार जना मजदुर मध्ये दैलेखको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला परेको बझाङका प्रहरी प्रमुख एसपी गणेशबहादुर बमले जानकारी दिए ।

आइतबार दिउँसो बुङ्गल नगरपालिकामा रहेको सुरुङभित्र काम गर्न पसेका ६ जना मजदुर मध्ये २ जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका थिए ।

अन्य ४ जना मजदुर नफर्केपछि विपद व्यवस्थापक र उद्धार तालिम प्राप्त प्रहरी निरीक्षक लगाएत ९ जनाको विषेश उद्धार टोलीले सुरुङभित्र खोजी कार्य सुरु गरेको थियो ।

शसश्त्रको उद्धार टोलीले तिनै जना मृतकको शव सुरुङको १ किलो मिटर भित्र फेला पारेको थियो ।

मृतक तीनै जनाको शवलाई सुरुङबाट बाहिर निकालिएको र बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामी भने अझै बेपत्ता रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै