सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कालङ्गा हाइड्रो पावरको सुरूङभित्र फसेका ४ मध्ये ३ जनाको शव फेला १ को खोजी कार्य जारी

२०७६ कार्तिक १८, सोमबार
बझाङ्गको कालङ्का हाइड्रो पावर
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बझाङको बुङ्‍गल नगरपालिका-१ कालागाढमा निर्माणधीन कालङ्गा हाइड्रोको सुरूङभित्र फसेका चार जना मध्ये तीन जना मजदुरको शव फेला परेको छ ।

सुरुङभित्र पसेका चार जना मजदुर मध्ये दैलेखको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला परेको बझाङका प्रहरी प्रमुख एसपी गणेशबहादुर बमले जानकारी दिए ।

आइतबार दिउँसो बुङ्गल नगरपालिकामा रहेको सुरुङभित्र काम गर्न पसेका ६ जना मजदुर मध्ये २ जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका थिए ।

अन्य ४ जना मजदुर नफर्केपछि विपद व्यवस्थापक र उद्धार तालिम प्राप्त प्रहरी निरीक्षक लगाएत ९ जनाको विषेश उद्धार टोलीले सुरुङभित्र खोजी कार्य सुरु गरेको थियो ।

शसश्त्रको उद्धार टोलीले तिनै जना मृतकको शव सुरुङको १ किलो मिटर भित्र फेला पारेको थियो ।

मृतक तीनै जनाको शवलाई सुरुङबाट बाहिर निकालिएको र बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामी भने अझै बेपत्ता रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट