सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्व सभामुख महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: काठमाडौं जिल्ला अदालतले जेल चलानको आदेश दिएसँगै पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन् ।

काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन जेल चलानको आदेश दिएकाले पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।

बलत्कार अभियोग लागेका महरालाई सोमबार काठमाण्डौं जिल्ला अदालतको थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको थियो ।

पूर्व सभामुख महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गत असोज १९ गते प्रहरीले सभामुखको सरकारी निवाश बालुवाटारबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ ।

महराले जबर्जस्ती करणी प्रयास मात्रै गरेकाले सो ऐनको दफा ३४(३) अनुसार आधा सजाँय माग गरिएको थियो ।

त्यस्तै, महरा सार्वजनिक ओहोदामा रहेर कसुर गरेको भन्दै सरकारी वकिलले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५ (ङ) बमोजिम थप सजायको माग पनि गरेको थियो । यस व्यवस्थाअनुसार महरालाई ५० प्रतिशत थप सजायको मागसहित सरकारी वकिलले मुद्दा दर्ता गरेको थियो ।

पूर्व सभामुख महराको पक्षमा आइतबार र सोमबार दुई दिन गरी ३२ जना वकिलहरूले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट