सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखहरु नियुक्त, मंगलबार बिहान शपथ खुवाउने तयारी

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरूलाई नियुक्त गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम राष्ट्रपति भण्डारीले सोमबार सातवटै प्रदेशका प्रमुखलाई नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा प्रदेश प्रमुखहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नवनियुक्त प्रदेश प्रमुखहरूमा प्रदेश १ को प्रमुखमा कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ प्रमुखमा बाँकेका तिलक परियार,  प्रदेश नम्बर ३ प्रमुखमा झापाका विष्णु प्रसाद प्रसाई रहेका छन् ।

यसैगरी गण्डकी प्रदेश प्रमुखमा चितवनका अमिक शेरचन, प्रदेश ५ प्रमुखमा सिराहाका धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा वैतडीका गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुखमा चितवनकी शर्मिला कुमारी पन्त मोहनराज मल्ल रहेका छन् ।

सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखहरुको नामावली तय गरेको थियो भने अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सोही निर्णयलाइ अनुमोदन सहित राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

नवनियुक्त भएका प्रदेश प्रमुखहरूको शपथ ग्रहण कार्यक्रम मंगलबार विहान साँढे आठ बजे राष्ट्रपति कार्यालय शितलनिवाशमा आयोजना गरिएको राष्ट्रपति कार्यालय स्रोतले हरियाली नेपाललाइ जानकारी दिएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री