सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उम्मेदवार छनौट प्रति असहमति जनाउँदै नेकपाका असन्तुष्ट समुहले भक्तपुर कार्यालयमा ताला लगाए

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समुहले भक्तपुर स्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यका लागि पार्टीले देवीप्रसाद अर्थात डिपी ढकाललाई उम्मेदवारी चयन गरेको बिरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाल लगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।

असन्तुष्ट समुहले सूर्याविनायक स्थित जिल्ला पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन् । पार्टी कार्यालयबाहिर पनि पार्टीको निर्णय विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

तालाबन्दी पछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी ‘हाइकमान्ड’ले यो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा छाड्न नहुने र धर्ना बस्नुपर्ने भन्दै कार्यकर्तालाई पार्टी कार्यालय नछाड्न निर्देशन दिएका थिए ।

अर्का जिल्ला कमिटी सदस्य साधुराम दाहालले गतनिर्वाचनमा उम्मेदवार भई ७ सय ८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जित सुनिश्चित नहुने भएकाले सहज रुपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको बताए ।

पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत पक्षले बताएका छन् । नेकपा भक्तपुर जिल्लाले प्रदेशसभाको रिक्त पदमा रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डिपी ढकाल र नारायणी दंगालको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति