सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काभ्रेमा श्रेष्ठ दम्पती मृत अवस्थामा फेला

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: काभ्रेमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्।

गयराती नमोबुद्ध नगरपालिका-८, तल्लोहटिया ठाँउमा ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार मंगलबार बिहानै प्रहरी घटनास्थलमा पुगि आवश्यक अनुसन्धान गरिरहेको बताए ।

निज दम्पतीलाई धारिलो हतियार प्रयोग गरी क्षत विक्षत बनाई सिरकले छोपेको अवस्थामा शव फेला परेको श्यामपाटीमा रहेको प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जीले जनाएका छ्न ।

मृतक श्रेष्ठ दम्पतिले त्यहाँस्थित तल्लो हटिया बजारमा आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएको खुलेको छ । घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्ति समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रेष्ठ दम्पतिको पसलमा राति अबेरसम्म मदिरा सेवन गर्न आएकाहरुसँग विवाद भएर घटना भएको हुनसक्ने बताईएको छ । स्थानिय छिमेकीका अनुसार मृतक दम्पति राति ८ बजेतिर खाना खाएर सुत्न गएको भनी प्रहरीलाई बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

आजको मौसम: चार प्रदेशमा भारी बर्षा हुने, अन्त छिटफुट पानी पर्ने

सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा

बैतडीको झुलाघाट नाका बन्द

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम