सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काभ्रेमा श्रेष्ठ दम्पती मृत अवस्थामा फेला

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: काभ्रेमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्।

गयराती नमोबुद्ध नगरपालिका-८, तल्लोहटिया ठाँउमा ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार मंगलबार बिहानै प्रहरी घटनास्थलमा पुगि आवश्यक अनुसन्धान गरिरहेको बताए ।

निज दम्पतीलाई धारिलो हतियार प्रयोग गरी क्षत विक्षत बनाई सिरकले छोपेको अवस्थामा शव फेला परेको श्यामपाटीमा रहेको प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जीले जनाएका छ्न ।

मृतक श्रेष्ठ दम्पतिले त्यहाँस्थित तल्लो हटिया बजारमा आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएको खुलेको छ । घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्ति समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रेष्ठ दम्पतिको पसलमा राति अबेरसम्म मदिरा सेवन गर्न आएकाहरुसँग विवाद भएर घटना भएको हुनसक्ने बताईएको छ । स्थानिय छिमेकीका अनुसार मृतक दम्पति राति ८ बजेतिर खाना खाएर सुत्न गएको भनी प्रहरीलाई बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या