सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जंगलमा बाँदर लखेट्ने क्रममा बन्दुक पड्किँदा १ जनाको मृत्यु

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: ओखलढङ्गाको मोलुङ गाउँपालिकास्थित थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा १ जनाको मृत्यु भएको छ ।

मोलुङ गाउँपालिका स्थायी घर भएका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको छ । बन्दुक पड्किँदा गम्भीर घाइते भएका तामाङको उपचारका लागी काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरी टोलिले बाँदर लखेट्ने समूहका एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–३ का २१ वर्षीय चित्र बहादुर सुनुवार रहेका छन् । साथै जंगलबाट प्रहरीले २ थान भरुवा बन्दुक समेत फेला पारेको छ ।

सिकारीमा संलग्न समूहका फरार व्यक्तिहरुको खोजी तथा सो सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय