
काठमाण्डौ: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश प्रमुख परिवर्तन बारे टिकाटिप्पणी गर्न जरुरी नरहेको बताएका छ्न ।
प्रेस संगठन बाँकेले मंगलबार नेपालगञ्ज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा ‘प्रचण्ड’ ले सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु सामान्य कुरा रहेको पनि बताएका छ्न ।
पुर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफूले देशका विभिन्न ठाउँमा पुगेर जनताका गुनासा सुनेर सरकार समक्ष पुर्याउने गरेको बताएका छ्न ।
बाँकेका पत्रकारहरुले प्रदेश नम्बर ५ को स्थायी राजधानीका सम्बन्धमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले सबैलाई सुविधा हुने ठाउँमा हुनुपर्ने आफ्नो मत रहेको बताएका हुन् ।