
काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीले भारत सरकारले केही समय अगाडि जारी गरेको नयाँ नक्सामा नेपाली सिमा मिचिएको भन्दै आपत्ति जनाएको छ ।
सिमावर्ती क्षेत्र कालापानी, लिपुलेक, लिम्पयाधुरालाई भारतले आफ्नो देशको नक्सामा समेटेको भन्दै राप्रपाले बिज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा मंगलबार जारी गरिएको विज्ञप्तीमा उक्त भू-भाग भारतले अनाधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगत देखि नै निरन्तर विरोध गर्दै आएको उल्लेख गरिएको छ ।
नेपाली भू–भाग भारतीय नक्सामा समेटिनु आपत्ति जनक र अस्वीकार्य छ भनिएको छ ।
त्यस्तै राप्रपाले कुटनैतिक पहल कदमी लिन नेपाल सरकारसँग माग समेत गरेको छ ।