सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ नागरिकको संलग्नतामा तेह्र करोड राजश्व छली, चारै जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तेह्र करोड राजश्व छली गरेको आरोपमा नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै उक्त कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

घटनाका आरोपीहरू मध्य तीन जना चिनियाँ नागरिक समेत रहेका छन् ।

उनीहरूलाइ राजश्व चुहावट गरेको अभियोगमा रु १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिएका छन् ।

प्रहरी हिरासतमा रहेका चारै जना संलग्न रहेको उक्त कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी राजश्व चुहावट गरेको अनुसन्धानमा देखिएको अनुसन्धान विभागले जनाएको छ ।

उक्त कम्पनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ चार करोड २१ लाख, आयकरतर्फ सात करोड ७७ लाख र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ रु एक करोड १४ लाख राजश्व चुहावट गरेको विभागले दाबी गरेको छ । उनीहरुविरुद्ध विभागले गत आठ महिनादेखि अनुसन्धान गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

सुनचाँदीको मुल्यमा भारी गिरावट, आजको मूल्य कति ?

आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैया बढी

नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

सुनचाँदीको मूल्य स्थिर

नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु

स्ट्रबेरी प्रतिकेजी ८०० मा कारोबार, यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य

नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड असोज १० गते

कति पुग्यो आज विदेशी मुद्राको विनिमय दर ?

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह