सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकाद्धारा संयुक्त राष्ट्रसंघलाई पत्राचारः पेरिस सम्झौताबाट अलग भएको दावी

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग भएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ ।

केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने भन्दै विश्वका नेताहरुको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए ।

अन्तराष्ट्रिय सञ्चार माध्यामका अनुसार यस प्रयोजनका लागि संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मङ्गलबार औपचारिक पत्र पठाएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार पत्र लेखेर औपचारिक रुपमै जानकारी गराएको राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गरिसकेको छ ।

महासचिव गुटर्रेसका अनुसार संयुक्तराज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गरेको जनाएको छ । अमेरिकाले उक्त सम्झौतामा भएका प्रावधानहरुको पालना गर्न नसक्ने भन्दै आएकोमा नोभेम्बर ४ देखि आफू अब सो सम्झौताबाट नै पछि हटेको औपचारिक रुपमा पत्र आएको प्रवक्ताले जानकारी दिए ।

यस सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यक रुपमा आर्थिक भार थपेको अमेरिकाको भनाई थियो । यसैकारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो । सन् २०१५ मा सम्पन्न भएको सो सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो ।

करिब एक महिना अघि नै अमेरिकाको यस योजनाबारे संयुक्त राष्ट्रसंघलाई अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघलाई यस बारेमा औपचारिक रुपमा नै जानकारी दिएको थियो । जालवायू परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध भएर लड्ने प्रतिवद्धता व्यक्त भएको सो सम्झौतामा विश्वका अमेरिकासहितका विश्वका एक सय ८८ देश सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाकिस्तानमा आम निर्वाचन जनवरीको अन्तिम साता

लिबिया बाढी : त्रिचालिस हजार बढी विस्थापित

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

पुटिनको आह्वानपछि काराबाखमा युद्धविराम घोषणा

अजरबैजान र अर्मेनियाबिरुद्ध युद्ध सुरु, २५ काे मृत्यु

शिख नेता खालिस्तानीको हत्या प्रकरण: क्यानडाले गर्‍यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

खलिस्तानी प्रमुखलाई भारतले मारेको क्यानेडियन प्रधानमन्त्रीको आराेप

जापानमा ८० भन्दा बढी उमेरका जनसंख्या १० प्रतिशत नाघ्यो

इरानद्धारा पाँच अमेरिकी नागरिकलाई रिहा, बदलामा अमेरिकाद्धारा इरानी सम्पत्ति फुक्का

पाकिस्तानमा उग्रपन्थी मुसलमानद्धारा अहमदी समुदाय माथी आक्रमण जारी, ३१ पुजास्थल भत्काइए

इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान

लिबियाको बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला र कुपोषणको महामारी फैलन सक्ने चेतावनी