सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

११ घण्टापछि दिल्ली प्रहरीको विरोध प्रदर्शन साम्य

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भारती प्रहरीका उच्च अधिकारीहरुले आश्वासन दिएपछि दिल्ली प्रहरीको बिरोध प्रदर्शन टुंगिएको छ ।

मंगलबार राजधानी नयाँ दिल्लीमा करिब ११ घण्टासम्म चलेको प्रहरीको विरोध प्रदर्शन उच्च अधिकारीहरुले आश्वासन दिएपछि टुंगिएको हो ।

गत शनिबार दिल्लीको तीस हजारी अदालत परिसरमा प्रहरी र वकिलका बीचमा झडप भएपछि मंगलबार दिउँसो ठूलो संख्यामा प्रहरीहरु दिल्ली पुलिस हेडक्वार्टरको बाहिर प्रदर्शन गरेका थिए ।

राति करिब ८ बजे दिल्ली प्रहरीले आफ्नो धर्ना अन्त्यको घोषणा गरेका थिए । उनीहरुलाई कुनै लिखित आश्वासन नदिइए पनि माग पूरा गर्ने वचन दिइएको जनाइएको छ ।

उनीहरुलाई दिल्ली हाइकोर्टमा तीस हजारी कोर्टको बाहिर भएको हिंसाका बारेमा पुनर्विचार याचिका दर्ता गर्ने आश्वासन दिइएको छ ।

धर्नामा बसेका प्रहरीले प्रहरी संघ बनाउन पाउनुपर्ने, घाइते प्रहरीको उपचार हुनुपर्ने, निलम्बित प्रहरीलाई बहाली गर्नुपर्ने, वकिलको विरुद्धमा कारवाही गर्नुपर्ने र उनीहरुको लाइसेन्स फिर्ता लिनुपर्ने माग गरेका थिए ।

तीस हजारी कोर्टमा शनिबार वकिल र प्रहरीबीच पार्किङ्गको विषयलाई लिएर झगडा भएको थियो ।  (बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पपछि बेइजिङमा पुटिन

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत