
काठमाण्डौ: बाँकेको जानकी गाउँपालिकामा एका बिहानै एक युवकको शब फेला परेको छ ।
जानकी गाउँपालिका ३ खजुरा रोडस्थित चप्पल कारखाना नजिकै बुधबार बिहान एक युवकको शब फेला परेको हो ।
सुर्खेत जिल्ला सिम्ता घर भएका सत्यन्द्र बिसिको शब फेला परेको बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर वलीले बताएका छ्न ।
प्रहरी उपरीक्षक वलीका अनुसार हत्या वा दुर्घटनाबाट बिसीको मृत्यु भएको पोस्टमार्टमबाट थाहा हुने बताएका छ्न् ।
जानकी गाउँपालिका वडा नम्बर ३ का अध्यक्षको रोबहरमा प्रहरीले मुचुल्का उठाएर शबलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
मृतक हाल धम्बोझीमा बस्दै आइरहेको र मृतकका परिवारलाई जिल्ला प्रहरीले खबर गरेर जानकारी गराइसकेको प्रहरीले जनाएको छ ।