सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अर्घाखाँचीमा कार दुर्घटना, ३ को मृत्यु २ जना घाइते

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थित नरपानीमा बुधबार बिहान भएको दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको उक्त कार सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुपन्देही सैनामैना नगरपालिका वडा नं २ बस्ने दुर्गा देवी खड्का, तिलक खड्का र भक्तबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

सैनामैना २ निवासी गाडि चालक बिनोद खड्का र गंगाबहादुर खड्का घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश बिष्टले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय र प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

आजको मौसम: चार प्रदेशमा भारी बर्षा हुने, अन्त छिटफुट पानी पर्ने

सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा

बैतडीको झुलाघाट नाका बन्द

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

बाँकेमा पाटेबाघ मृत फेला