सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतले जारी गरेको नक्सा बिरूद्ध विप्लव समुहले सार्वजनिक गर्यो एक हप्ते संघर्षका कार्यक्रम (विज्ञप्ती सहित)

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समुहले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू-भागलाई भारतीय नक्सामा समेटिएको  बिरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

सो पार्टीका महासचिव विप्लवको नाममा बुधबार जारी गरिएको विज्ञप्ति अनुसार भारतको सो कदम नेपाल माथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेको जनाएको हो ।

घोषित संघर्षका कार्यक्रम अनुसार नेपालका लागी भारतीय राजदुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने सम्मका कार्यक्रम घोषणा गरिएको छ ।

उक्त विज्ञप्तिमा जनाइए अनुसार कात्तिक २१ गते विहिवार मसाल जुलुश प्रदर्शन गर्ने, २२ गते शुक्रबार कोणसभा, २३ गते शनिवार भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र कार्तिक २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।

विज्ञप्तीमा महासचिव विप्लवले भारतले तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गर्न चेतावनीसमेत दिएका छन् । ‘अन्यथा पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा छ, ‘यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।’

बुधबार जारी गरिएको प्रेश विज्ञप्तिको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित