काठमाण्डौ: हङकङमा सांसदमाथी प्रदर्शनकारीले चक्कु प्रहार गरेका छन् ।
बुधबार बिहान हङकङका चीन समर्थक सांसद जुनियस हो क्वान यूलाईलाई सरकार विरोधी प्रदर्शनकारीले फूल दिने बहानामा सांसदमाथि चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रदर्शनकारीले सम्मान स्वरूप सांसदलाई फूलको गुच्छा दिदै झोलामा रहेको चक्कु निकाली देब्रे छातीमा प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट घाईते सांसद लगायत उनका सहयोगी र प्रदर्शनकारीलाई उपचारका लागि ट्युएन मुन अस्पताल लगिएको जनाएको छ ।
हङकङमा गत अप्रिलमा सरकारले संसद् सुपुदर्गी विधेयक प्रस्तुत गरेसँगै विरोध सुरू भएको हो । सो विधेयक सरकारले फिर्ता लिएपनि प्रदर्शनकारीले स्वतन्त्र हङकङको माग राखी प्रदर्शन गर्दै आइरहेका छन् ।
