सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कालापानी क्षेत्र नेपाली भू-भाग हो, एकपक्षिय निर्णय मान्य हुँदैनः परराष्ट्र मन्त्रालय

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारत सरकारले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू-भागलाई समेटिएपछि परराष्ट्र मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ती मार्फत “कालापानी क्षेत्र नेपालको भू-भाग हो भन्नेमा नेपाल सरकार स्पष्ट” रहेको भन्दै “दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय” नेपाललाई मान्य नहुने बताएको छ ।

जम्मू-कश्मीरलाई केन्द्र शासित दुईवटा क्षेत्र बनाएपछि भारतले हालै जारी गरेको उसको राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रलाई पनि राखिएपछि बुधवार मन्त्रालयले यस्तो धारणा सार्वजनिक गरेको हो ।

नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको समेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको जनाएको छ । साथै मन्त्रालय दुई मित्र राष्ट्रहरूबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

सबै धर्म र समुदायबीच आपसी सदभाव कायम राख्न सर्वपक्षीय सहमति