सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा उठ्ने उम्मेदवारको टुंगो लगायो

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: काँग्रेसले ढिला गरी मनोनयनको अघिल्लो दिन प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ ।

काँग्रेसको पदाधिकारी बैठकले एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

काँग्रेसको दुई दिनसम्म बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा क्षेत्र कास्की-२ मा पुराना नेता खेमराज पौडेल, प्रदेशसभा अन्तर्गत बागलुङ-२ मा जित शेरचन, दाङ-३ (२) मा केशव आचार्य र भक्तपुर–१ (१) मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मंगलबार बिहानैदेखि सभापति निवाश बुढानिलकण्ठमा उम्मेदवारको नाम छनौट गर्न पदाधिकारी बैठक बसेको थियो । सभापति देउवालाई उम्मेदवार छान्न एकलौटी जिम्मेवारी त्यतीबेला दिइयो जतिबेला कास्कीमा कसलाई उम्मेदवार बनाउने भन्नेमा विवाद बढ्यो ।

पुर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको निधनपछि रिक्त उक्त क्षेत्रमा वरिष्ठ नेता पौडेल र सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । केन्द्रीय सदस्य धनराज गुरुङको नाम सभापति देउवाले अघि सारेका थिए । स्याङ्जा घर भएका गुरुङलाई अघि सारिएपछि पौडेल अप्ठ्यारो परेको थियो ।

सिटौलाले अघिल्लो पटक उम्मेदवार भएकाले नचाहेमा मात्रै अर्को उम्मेदवार खोज्नुपर्ने तर्क दिएका थिए ।

बुधबार बिहान नेता धनराज गुरुङले पदाधिकारी बैठकमै आफ्नो नाममा नेताहरूबीच विवाद भएपछि आफू प्रतिस्पर्धी नरहेको सामाजिक संजालबाट बताएका थिए ।  त्यसपछि सभापति देउवाले खेमराज पौडेललाइ तथा वरिष्ठ नेता पौडेल र सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउने अडान कायमै राखेका थिए ।

स्रोतका अनुसार सो बैठकमा पौडेल र सिटौला ‘जित हारको जिम्मेवारी लिने गरी उम्मेदवारको निर्णय लिनुहोस्’ भन्दै उम्मेदवार छान्न पदाधिकारीहरूले सभापतिलाई एकलौटी अधिकार दिएर बाहिरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंशिर २४ बाट

‘सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ’ : माधव नेपाल

कांग्रेस एकढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्छः कोइराला

देशमा भाषणभन्दा काम गर्ने समय आयो : सभापति देउवा

गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि

एमालेले सरकार छोडेपछि भ्रष्टाचार मौलाएको केपी ओलीको दाबी

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठमा

राजतन्त्रको पक्षमा जनता छैनन्, नेपाल धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : उपनेता तामाङ

सांसदमाथि सरकार हाबी भयो : नेता देवकोटा