सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा उठ्ने उम्मेदवारको टुंगो लगायो

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: काँग्रेसले ढिला गरी मनोनयनको अघिल्लो दिन प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ ।

काँग्रेसको पदाधिकारी बैठकले एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

काँग्रेसको दुई दिनसम्म बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा क्षेत्र कास्की-२ मा पुराना नेता खेमराज पौडेल, प्रदेशसभा अन्तर्गत बागलुङ-२ मा जित शेरचन, दाङ-३ (२) मा केशव आचार्य र भक्तपुर–१ (१) मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मंगलबार बिहानैदेखि सभापति निवाश बुढानिलकण्ठमा उम्मेदवारको नाम छनौट गर्न पदाधिकारी बैठक बसेको थियो । सभापति देउवालाई उम्मेदवार छान्न एकलौटी जिम्मेवारी त्यतीबेला दिइयो जतिबेला कास्कीमा कसलाई उम्मेदवार बनाउने भन्नेमा विवाद बढ्यो ।

पुर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको निधनपछि रिक्त उक्त क्षेत्रमा वरिष्ठ नेता पौडेल र सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । केन्द्रीय सदस्य धनराज गुरुङको नाम सभापति देउवाले अघि सारेका थिए । स्याङ्जा घर भएका गुरुङलाई अघि सारिएपछि पौडेल अप्ठ्यारो परेको थियो ।

सिटौलाले अघिल्लो पटक उम्मेदवार भएकाले नचाहेमा मात्रै अर्को उम्मेदवार खोज्नुपर्ने तर्क दिएका थिए ।

बुधबार बिहान नेता धनराज गुरुङले पदाधिकारी बैठकमै आफ्नो नाममा नेताहरूबीच विवाद भएपछि आफू प्रतिस्पर्धी नरहेको सामाजिक संजालबाट बताएका थिए ।  त्यसपछि सभापति देउवाले खेमराज पौडेललाइ तथा वरिष्ठ नेता पौडेल र सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउने अडान कायमै राखेका थिए ।

स्रोतका अनुसार सो बैठकमा पौडेल र सिटौला ‘जित हारको जिम्मेवारी लिने गरी उम्मेदवारको निर्णय लिनुहोस्’ भन्दै उम्मेदवार छान्न पदाधिकारीहरूले सभापतिलाई एकलौटी अधिकार दिएर बाहिरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल