काठमाण्डौ: कास्की क्षेत्र २ नम्बर मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक विस्फोट भएको छ ।
बिहिवार विहान पोखरा महानगरपालिका वडा नम्बर-७ राष्ट्र बैंक चोक स्थित निर्माणधिन टुरिष्ट बसपार्कमा विस्फोट भएको हो ।
हालसम्म विस्फोटनको जिम्मा कसैले पनि लिएको छैन । जिल्ला निर्वाचन कार्यालयबाट २०० मिटरको दुरीमा शंकास्पद बस्तु माटो मुनि पुरेर राखेको अवस्थामा बिस्फोटन भएको प्रहरीले जनाएको छ ।
शंकास्पद बस्तु पड्किएपछि अवस्था अलि त्रसित भएको हो तर सुरक्षित साथ निर्धक्कसँग मनोनयन गर्न कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले आग्रह गरेका छन् ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता गर्ने दिन भएको कारण उक्त उपनिर्वाचनको कार्यक्रमलाई लक्षित गरि बिस्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
