सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खोलाको बगर धितो राखी करोडौ ठगी गरेको अभियोगमा इन्जिनियर सहित ६ जना पक्राउ

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नक्कली कागपत्र बनाई बैंकबाट ४ करोड ६० लाख ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनिहरुलाई राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी इटहरी एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ बेलबारी का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा स्थाईघर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने सुरेन्द्र श्रेष्ठ, काठमाडौं महराजगञ्जका भूपेन्द्र श्रेष्ठ, चितवन भण्डारा स्थाईघर भई काठमाडौं नयाँ बानेश्वरमा बस्ने ऋषिश्वर थपलिया, उदयपुर गाईघाटका कृष्ण कार्की रहेका छन् ।

नक्कली कागपत्र बनाई स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट ४ करोड ६० लाख ऋण निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

राजमार्गसँगै जोडिएको झापा कनकाई–९ स्थित कित्ता नं ३५९६ को ०–२–१० बिघा र कित्ता नं ३२७१ को ०–२–० बिघाको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखी ऋण लिएको हुँदा उनिहरूलाई ‘बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा पक्राउ गरेको प्रवक्ता श्रेष्ठले बताए ।

पक्राउ पर्ने ६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर