
काठमाण्डौः प्रहरीले नियन्त्रित लागूऔषध सहित ४ जनालाइ बौद्धबाट पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी बस्ने ३१ वर्षीय गोबिन्द परियार लगायत ४ जनालाई नियन्त्रित लागूऔषध नुर्फिन ७ एम्पुल, डाईजेपाम १ सय ४ एम्पुल, फेनारगन २४ एम्पुल र लुप्रिजोसिक १४ एम्पुल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।