काठमाण्डौ: कञ्चनपुरसँगै बाँकेको कोहलपुरमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।
सत्तारूढ नेकपा निकट अनेरास्ववियु कोहलपुरले भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा बिहीबार प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो ।
भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पुत्ला दहन गरि “GO BACK INDIA” को नारा सहित बजार परिक्रमा पश्चात् बागेश्वरी क्याम्पस नजिकै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् ।
बिरोध सभालाइ सम्बोधन गर्दै अनेरास्ववियुका नेताहरू राजेन्द्र विष्ट, मोहित शर्मा, हेमन्त भट्टराईले भारतले अबिलम्ब नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छ्न् ।
भारतले नयाँ जारी गरेको राजनितिक नक्सामा नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।
