सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुर्घटनामा ज्यान गुमाएका मृतकको शव बाह्रबिसे र काठमाडौंमा दाहसंस्कार

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको यात्रवाहक बस दुर्घटनामा परी मृत्यु हुने मध्येका ७ जनाको शव बाह्रबिसेको भोटेकोशीमा र ९ जनाको काठमाण्डौं पशुपति आर्यघाटमा सामूहिक दाहसंस्कार गरिएको छ ।

मृतक उदयपुरका विजय तमाङको शव उदयपुर नै पठाइएको र चितवनको पूजा बस्नेतको दाहसंस्कार अमेरिकामा रहेका छोराहरू आएपछिमात्र गरिने भएकोले उनको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको दोलखा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताएका छन् ।

मंगलबार बिहान दुर्घटनामा मृत्यु भएकामध्ये दोलखा शैलुङ गाउँपालिका–५ काटाकुटीका ५ जना र वडा नम्बर ४ बागखोर मागा माइती भएकी १ महिला र उनको छोरा १ जना गरी ७ जनाको भोटेकोशीमा सामुहिक दाहसंस्कार गरिएको दोलखा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताएका छन् ।

सामूहिक दाहसंस्कार गरिएकामा शैलुङ गाउँपालिका–५ काटाकुटीका रिकेश खड्का, रत्नकुमारी राउत, उनको छोरा २९ वर्षीय किरण राउत, कविता राउत, रञ्जीता केसी बस्नेत तथा वडा नम्बर ४ बागखोर मागा माइती भएकी चमेली श्रेष्ठ र उनको छोरी ६ वर्षकी सायरानी श्रेष्ठको सामूहिक दाहसंस्कार गरिएको शैलुङ गाउँपालिका–५ का वडा अध्यक्ष किरण बस्नेतले बताए ।

मृतक किरण राउत नेपाली सेना भएकोले उनको दहासंस्कारको बेला सेनाले सलामी समेत दिएको थियो। दुर्घटनामा मृत्यु भएको शैलुङ गाउँपालिका–४ को ६ वर्षका सलिना तमाङ, दियुन लामा (दिल) र सजिना तमाङ, वडा नम्बर ३ को तीन महिनाका बालक सिसन तमाङ, वडा नम्बर २ का उरमाया मोक्तान, वडा नम्बर ५ काटाकुटीको चेतकुमारी बस्नेत, ३२ वर्षको निर्मला खड्का र निकेश खड्का सहित ९ जनाको काठमाडौंमा दहासंस्कार गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष दुलालले बताए ।

आइतबार बिहान साँढे ८ बजे शैलुङ गाउँपालिका–४ बागखोरबाट काठमाडौंको लागि छुटेको शैलुङ यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा दोलखा शैलुङ गाउँपालिका–२, ३, ४ र ५ का १५ जना तथा चितवन र उदयपुरका १/१ जना गरी १८ जनाको मृत्यु भएको थियो ।

मृतकको दहासंस्कारको लागि प्रति व्यक्ति २० हजारको दरले दहासंस्कार खर्च शैलुङ गाउँपालिकाले उपलब्ध गराएको अध्यक्ष दुलालले बताए । बस समितिसँग कुरा मिल्न नसकेपछि पीडित परिवारले शैलुङका स्थानीय रिमालबाबु श्रेष्ठको संयोजकत्वमा १ सय एक जनाको संघर्ष समिति गठन गरेको अध्यक्ष दुलालको भनाइ छ ।

अरनिको समितिले मनोपली गर्दै आएकोले सिन्डिकेट अन्त्य, भाँडामा एकरूपता, मृतकको परिवारलाई उचित क्षतिपूर्ति, कच्ची बाटोमा नयाँ बसहरू राख्ने, सिट क्षमता भन्दा बढी यात्रु ओर्सान नपाउने लगायतको माग संघर्ष समितिले सरकार समक्ष राखेको अध्यक्ष दुलाल बताउछन् ।

मृतकहरूको शव दुर्घटना स्थल सुकुटेमै राखेर पास्टमार्टम तथा दहासंस्कार गर्न सकिने भएपनि पीडितलाई झन ठूलो पीडा हुनेगरी मृतकको शवहरूलाई गाडीमा खात बनाएर राखी बाह्रबिसे पुर्याएको अध्यक्ष दुलालको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार सार्वजनिक बिदा

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

हुम्लामा कोदो महोत्सव हुने

जमुनाह नाकामा सुरक्षा सतर्कता

भरुवा बन्दुकसहित एकजना पक्राउ

सन्दर्भ विश्व शान्ति दिवस: देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बाँकेमा कारागार जीर्णः क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षाको जोखिम

शे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा भेटिए

जनप्रतिनिधि थकित भए पछि मण्डनपुरमा आज सार्बजनिक बिदा

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै