काठमाण्डौः काँग्रेसका सभापति शेर बहादुर देउवा र नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीबीच टेलिफोनमा कुराकानी भएको छ ।
भूतपूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले एक ट्वीट गरी विहिबार साँझ नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीसँग भारत सरकारले हालै सार्वजनिक गरेको राजनितिक नक्साका सन्दर्भमा टेलिफोन संवाद भएको हो ।
नक्साप्रति मेरो ध्यानाकर्षण भयो भन्दै कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्य स्मरण गराएको सभापति देउवाले दावी गरेका छन् ।
देउवाले विहिबार साँझ अवेर सामाजिक सञ्जाल मार्फत सो कुराकानीको पुष्टी समेत गरेका छन् ।
राजदुत पुरीले त्यससम्बन्धमा के धारणा राखे भनेर खुलाइएको छैन । राजदुत पूरी बुधबार मात्रै नयाँदिल्लीबाट नेपाल आएका हुन् ।

