सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाग्लुङ्गमा नेकपाबाटै बागी उम्मेदवार

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाग्लुङ्गमा बागी उम्मेदवारी परेको छ ।

राष्ट्रिय जनमोर्चाले सत्तारूढ नेकपाको समर्थनमा खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको बाग्लुङ-२ (ख) मा नेकपाबाटै बागी उम्मेदवारी परेको हो ।

यसरी बागी उम्मेदवार दिनेमा गत ०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट ढोरपाटन नगरपालिकाको मेयरमा पराजित शेरमान घर्ती मगर हुन् ।

बागी उम्मेदवार रहेका शेरमानको प्रस्तावकमा ढोरपाटन-२ का दधिराम अर्याल र समर्थकमा निशीखोलाका रिमबहादुर बिक रहेका छन् ।

मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रदेशसभा सदस्य जनमोर्चाले र वडाध्यक्षमा नेकपाले तालमेल गर्ने सहमति भएको थियो ।

यस क्षेत्रमा ०७४ को प्रदेशसभा निर्वाचन यो क्षेत्रमा तत्कालीन एमाले-माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनका तर्फबाट जनमोर्चाका टेकबहादुर घर्तीले चुनाव जितेका थिए ।

कलेजो सम्बन्धी रोगका विरामी घर्तीको ०७५ मंसिरमा निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रालयको बजेट पुनर्लेखन गर्न कांग्रेसको माग

विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

बारामा एकीकृत समाजवादीको प्रतिनिधि छनौटमा मनोमानी, किसान श्रेष्ठले गोजीबाट चिट निकालेपछि बहिष्कार

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्बिर प्रदर्शनीको अवलोकन

कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो- प्रभु शाह

खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको सेवा सुबिधा के हुन्छ ?

‘पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ’

राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहत राख्न मिल्दैन : प्रदीप पौडेल

प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छेँ

रासस तस्बिर प्रदर्शनीले देशको भौतिक प्रगति झल्कन्छ : अध्यक्ष केसी

बजेट चाहिदैन भन्दै ज्ञानेन्द्र शाहीले मन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका

सभापति देउवाद्वारा दुःख व्यक्त