
काठमाण्डौ: भारतीय विस्तारवादविरुद्ध एकताबद्ध भएर दृढतापुर्वक संघर्ष गर्न राष्ट्रिय जनमोर्चाले बिज्ञप्ति मार्फत आम सर्वसाधारणलाई अपिल गरेको छ ।
शुत्रबार भारतीय दूतावास लैनचौर नजिकै नेकपा (मसाल) निकट जनवर्गीय संगठनहरुले भारतीय हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
राजमोले पनि नेपालमाथि पछिल्लो समयमा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागमा पारेकोमा बिरोध गरेको हो ।
राष्ट्रियता र सार्वभौकिता रक्षाका लागि नेपाली जनताले लगातार संघर्ष गरिरहेको स्मरण गर्दै अझ एकतावद्ध भएर दृढतापूर्वक संघर्ष गर्न बिहिवार अध्यक्ष चित्रबहादुर केसीद्धारा जारि बिज्ञप्तिमा उल्लेख छ । त्यस्तै भारतीय साम्राज्यवादको नेपालमाथि पटक पटकका हस्तक्षेप गरि रहेको समेत बताएको छ ।
हामी सम्पूर्ण देशभक्त शक्ति तथा नेपाली जनतालाई भारतीय साम्राज्यवादका विरुद्ध एकतावद्ध र दृढतापूर्वक खडा हुन बिज्ञप्तिमा अपिल गरिएको छ ।