सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्रपा (संयुक्त) र आमूल परिवर्तनको उम्मेदवारी खारेज

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: आगामी मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क)को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका दुई जनाको उम्मेदवारी खारेज गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा भएकाले पनि उम्मेद्वारी दिएको पाईएपछि उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले जानकारी दिए ।

 उम्मेदवारी खारेज हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का उम्मेदवार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेदवार डिल्लीप्रसाद चौलागाईँ रहेका छन ।

अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

दुईको उम्मेदवारी बदर भएपछि नौ दलका नौ र स्वतन्त्र १० गरी १९ को उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

निर्वाचन कार्यक्रम तालिकाअनुसार आज उम्मेदवार विरुद्ध दाबी उजुरी दिने, शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनुका साथै त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : उपप्रधानमन्त्री श्रेष्ठ

इन्डो-प्यासिफिक आर्मिज चिफ्स कन्फेरेन्समा सहभागी हुन प्रधानसेनापति भारत जाँदै

नेपालले गर्यो वीवीएनजे सम्बन्धी सम्झौतामा हस्ताक्षर

पूर्वराजा आइतबार भक्तपुर जाने

संविधान दिवस: तीन प्रयोग, सात संविधान

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

कार्यबाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सना समवेदना दिन नेम्वाङ निवासमा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई

इन्धनको नयाँ मूल्य : डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूचीसहित)