काठमाण्डौ: बाँके जिल्लाको सिमावर्ती नाका बहराइच बन्द भएको छ ।
शनिबार बिहानैदेखि नेपालगञ्जको मध्यबिन्दु देखि करिब ५ किलोमिटरमा रहेको दक्षिणतर्फको जमुनाह नाका भारतले एकतर्फी बन्द गरेको हो ।
अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा सुप्रिम कोर्टले शनिबार फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील (बन्द) गरेको बताईएको छ ।
तर नाका बन्द गरेपछि मात्रै नेपाललाई मौखिक जानकारी दिइएको बाँके प्रशासनले जनाएको छ ।
नाका बन्द पश्चात् बिरामी बोकेका एम्बुलेन्स बाहेक नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिईएको छैन । रोजगारिको लागि भारत जाने नेपालीहरु एक्कासी नाका बन्द गरिएपछि नाकामै रोकिएका छन् ।
यता नेपालमा भारत विरुद्ध दैनिक प्रदर्शन भइरहेकाले नाका बन्द गरिएको कतिपयको ठम्म्यायी छ ।
