
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः धनुषाको धनौजी गाउँपालिका–२ गोरदाहाबाट चितुवाको छाला सहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका २८ वर्षीय सुनिल ढुङ्गेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपलिका–४ का ३६ वर्षीय जयराम मण्डल रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो ।