
काठमाण्डौं: भारतीय सर्बोच्च अदालतले अयोध्या राम जन्मभूमि र बाबरी मस्जिदको गुम्बज भएको जमिनको विषयमा भएको विवादको फैसला हिन्दुको पक्षमा सुनाएको छ ।
४० दिनसम्म चलेको वहसले शनिबार दशकौं पुरानो मुद्दाको फैसला सुनाएको हो । अदालतको फैसलाले ‘सुन्नी वक्फ’ बोर्डलाई अन्यत्र स्थानमा मस्जिद बनाउनका लागि ५ एकड जमिन दिने निर्देशन दिदै बाबरी मस्जिद रहेको स्थान हिन्दु पक्षलाई दिने पैसला गरेको हो ।
पाँचजना न्यायाधीशहरूको इजलासले सर्वसम्मत फैसला गर्दै तीन महिनाभित्र एउटा ट्रस्ट बनाउन भनेको छ ।
फैसलामा भनिएको छ: “त्यसमा निर्मोही अखडा पर्ने नपर्नेबारे सरकारले निर्णय गर्नेछ।”
सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च न्यायालमा दर्ता भएको थियो।
सर्वोच्च अदालतको फैसलामा प्रति सुन्नी वक्फ बोर्डका वकिल जफरयाब जिलानीदले असन्तुष्टी जनाएका छन् ।
सर्वोच्चको शनिवारको फैसलामा भारतीय पुरातत्व सर्वेक्षणको एउटा प्रतिवेदनले राम मन्दिरको अवशेष भत्काइएको बाबरी मस्जिदमुनि भेटिएको जनाएको बताइएको छ।