काठमाण्डौः अतिक्रमणको चपेटामा परेको काठमाडौंको टुँडिखेल क्षेत्र संरक्षणका लागि सरकारलाई दवाब दिन शनिबार मानव साङ्लो बनाएर टुँडिखेललाई घेरिएको छ ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत तीन हजार बढी विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा मानव साङ्लो बनाई टुँडिखेललाई घेरिएको हो ।
टुँडिखेल बचाउ अभियान अन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजेदेखी नौ बजेसम्म एकघण्टा टुँडिखेल घेराउ गरेका हुन् ।

विभिन्न साँस्कृतिक झाँकी सहित शुरु भएको अभियानमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवा, विद्यार्थी, कलाकार, सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिसिला यमी, गगन थापा, भिमसेनदास, सञ्चारकर्मी रवी लामिछाने लगायतले ऐक्यवद्धता जनाएका छन् ।
