सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बंगलादेशका राष्ट्रपति चार दिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै

२०७६ कार्तिक २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपाल भ्रमणमा आउदैछ्न् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण पुरा गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने जनाएको छ ।

राष्ट्रपति भण्डारीले भेटवार्तापछि आफ्ना बंगलादेशी समकक्षी र उपस्थिति प्रतिनिधिमण्डलको सम्मानमा रात्रीभोजको आयोजना गर्ने स्रोतले जनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बंगलादेशका राष्ट्रपतिसँग छुट्टाछुटै शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

यसैगरी नेपालका विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ ।
बंगलादेशि राष्ट्रपति हमिद लगायतले पोखरा लगायत काठमाडौँ उपत्यकाका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन