
काठमाण्डौ: बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपाल भ्रमणमा आउदैछ्न् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण पुरा गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने जनाएको छ ।
राष्ट्रपति भण्डारीले भेटवार्तापछि आफ्ना बंगलादेशी समकक्षी र उपस्थिति प्रतिनिधिमण्डलको सम्मानमा रात्रीभोजको आयोजना गर्ने स्रोतले जनाएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बंगलादेशका राष्ट्रपतिसँग छुट्टाछुटै शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
यसैगरी नेपालका विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ ।
बंगलादेशि राष्ट्रपति हमिद लगायतले पोखरा लगायत काठमाडौँ उपत्यकाका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।