सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सल्लाहकार र सचिवालयमा हेरफेरपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्र्याक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।

शुक्रबार बसेको सल्लाहकार र सचिवालय समूहको संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्हरूलाई प्रधानमन्त्तीको सन्देश सुनाएका थिए । यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूले कामलाई गति दिन चाहनुभएको छ, त्यसका लागि सल्लाहकार समूह र स्वकीय सचिवालय समूहको पनि पुनर्संरचना गर्नुपर्ने हुन सक्छ, कसैलाई बस्नुस्, कसैलाई जानुस् भन्न पनि उहाँलाई अप्ठ्यारो होला, त्यसैले हामी सबैले १ मंसिरबाट लागू हुने गरी सबैले सामूहिक राजीनामा दिएर प्रधानमन्त्रीको योजनामा सहयोग गरौँ,’ रिमालको नेतृत्वमा सम्पन्न संयुक्त बैठकपछिको निष्कर्ष सुनाउँदै सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने ।

तिहारलगत्तै स्वास्थ्य स्थिति प्रतिकूल बनेपछि प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शपछि फास्टट्र्याकबाट काम अघि बढाउने संकेत गर्दै पहिलो चरणमा केही सल्लाहकार र सचिवालय सदस्यहरू हेरफेर गर्न खोजेका हुन् । सल्लाहकार र सचिवालयमा हेरफेरपछि दोस्रो चरणमा मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको
तयारी छ ।

यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सौर्य ऊर्जाप्रति सरकारी बेवास्ता

फरार अभियुक्तको आम माफी रोकियो, ६ सय ७० को कैद मिनाहा

१ खर्ब ५९ अर्ब राजस्व उठ्दा १ खर्ब ३६ अर्ब सरकारी खर्च

कर्मचारी खटनपटनमा संघ र स्थानीय तहबीच द्वन्द्व : एक महिनामा आठ पालिकाले फिर्ता गरे प्रमुख प्रशासकीय अधिकृत

महावाणिज्य दूतावासभित्रै ११ नेपाली अलपत्र

सप्तरीमा असोज ३ कालो दिन

अर्घाखाँचीमा आँखा उपचार केन्द्र संचालन

इन्द्रजात्रा चलाउनै आर्थिक संकट

कित्ताकाट खुलेपछि चम्कियो घरजग्गा कारोबार

‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला

दस हजार झोलुङ्गे पुल निर्माण

यी हुन् पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस