काठमाण्डौ: आइतबार (आज) प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।
उपनिर्वाचनको चुनावी कार्यतालिका अन्तर्गत आईतबार उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुने भएको हो ।
आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।
उम्मेदवारी उपर दाबी विरोध र उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरी आईतबार अन्तिम नामावली सावजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
दलका उम्मेदवारले मनोनयन पत्र भने गत बिहीबार दर्ता गरेका थिए ।