सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तत्काल नक्सा नसच्याए भारतीय लगानीमा संचालित कलकारखाना अवरुद्ध पार्ने मजदुरले दिए चेतावनी

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतले हालै जारी गरेको नेपालको भूमिसहितको नक्सा नसच्याए भारतीय लगानीमा संचालित उद्योग धन्दा अवरुद्ध गर्ने मजदुरहरुले चेतावनी दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरुले विराटनगरमा गरेको प्रर्दशनपछि आयोजित कोण सभामा बोल्ने मजदुर नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

ट्राफिक चोकमा आयोजित कोणसभामा बोल्दै सो युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र रायले भारतले हालै जारी गरेको नक्शा तत्काल सच्याउनुपर्ने माग गरे । उनले भारतले बिस्तारबादको निति अनुसार नेपाली भुमिलाई कब्जा गर्न चाहेको आरोप लगाउनुहुँदै त्यस्तो प्रयास विफल पार्न मजदुरहरु जुनसुकै कदम चाल्न पछि नहट्ने बताए ।

नक्सा तत्काल नसच्याए र मिचिएको नेपालको भुमि फिर्ता नगरे नेपालमा संचालित भारतीय लगानीको उद्योगधन्दा तथा ब्यवसाय अवरुद्ध पार्ने चेतावनी समेत दिए । महासंघका प्रदेश अध्यक्ष टिका प्रसाईले भारतले नेपालको एक जिल्ला बराबरको भूमि मिचेको बताउदै फिर्ता नगरे कलकारखाना बन्द गरेर संघर्षमा जाने चेतावनी दिए ।

नेकपाका प्रदेश सदस्य भोगेन्द्र यादवले भारतले आफ्नो छिमेकीहरुलाई मिलाएर राख्नुपर्नेमा दुख दिएको बताए । उनले भारतले नेपाललाई मात्र नभई पाकिस्तान,बंगलादेश र श्रीलंका लगायतका देशलाई समेत दुख दिएको आरोप लगाए । समस्या समाधान गर्न सरकारले कुटनितिक पहल गर्नु पर्ने बताउदै उनले अन्यथा जनता आफै अघि बढ्ने चेतावनी दिए ।

यसअघि महासंघको कार्यालय सन्सारीमाई छेउबाट निकालिएको विरोध र्यालीले भारत बिरुद्ध नाराबाजी गर्दै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने