सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तत्काल नक्सा नसच्याए भारतीय लगानीमा संचालित कलकारखाना अवरुद्ध पार्ने मजदुरले दिए चेतावनी

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतले हालै जारी गरेको नेपालको भूमिसहितको नक्सा नसच्याए भारतीय लगानीमा संचालित उद्योग धन्दा अवरुद्ध गर्ने मजदुरहरुले चेतावनी दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरुले विराटनगरमा गरेको प्रर्दशनपछि आयोजित कोण सभामा बोल्ने मजदुर नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

ट्राफिक चोकमा आयोजित कोणसभामा बोल्दै सो युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र रायले भारतले हालै जारी गरेको नक्शा तत्काल सच्याउनुपर्ने माग गरे । उनले भारतले बिस्तारबादको निति अनुसार नेपाली भुमिलाई कब्जा गर्न चाहेको आरोप लगाउनुहुँदै त्यस्तो प्रयास विफल पार्न मजदुरहरु जुनसुकै कदम चाल्न पछि नहट्ने बताए ।

नक्सा तत्काल नसच्याए र मिचिएको नेपालको भुमि फिर्ता नगरे नेपालमा संचालित भारतीय लगानीको उद्योगधन्दा तथा ब्यवसाय अवरुद्ध पार्ने चेतावनी समेत दिए । महासंघका प्रदेश अध्यक्ष टिका प्रसाईले भारतले नेपालको एक जिल्ला बराबरको भूमि मिचेको बताउदै फिर्ता नगरे कलकारखाना बन्द गरेर संघर्षमा जाने चेतावनी दिए ।

नेकपाका प्रदेश सदस्य भोगेन्द्र यादवले भारतले आफ्नो छिमेकीहरुलाई मिलाएर राख्नुपर्नेमा दुख दिएको बताए । उनले भारतले नेपाललाई मात्र नभई पाकिस्तान,बंगलादेश र श्रीलंका लगायतका देशलाई समेत दुख दिएको आरोप लगाए । समस्या समाधान गर्न सरकारले कुटनितिक पहल गर्नु पर्ने बताउदै उनले अन्यथा जनता आफै अघि बढ्ने चेतावनी दिए ।

यसअघि महासंघको कार्यालय सन्सारीमाई छेउबाट निकालिएको विरोध र्यालीले भारत बिरुद्ध नाराबाजी गर्दै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान