
काठमाण्डौः प्रदेश नम्बर ३ का विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिलाई नेपाली कांग्रेसले मंगलबारदेखि प्रशिक्षण दिने भएको छ ।
प्रशिक्षणमा महाधिवेशन प्रतिनिधि रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुली जिल्लाबाट सहभागी हुनेछ्न् ।
यसअघि काँग्रेसले प्रदेश ३ का अन्य जिल्लाहरूका महाधिवेशन प्रतिनिधिलाई भक्तपुरमा भेला गरेर प्रशिक्षण दिइसकिएको जनाएको छ ।
महाधिवेशन प्रतिनिधिलाई पार्टीको नीति तथा भावी कार्यक्रम र संगठन विस्तार लगायतका विषयमा प्रशिक्षण दिन लागिएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।
जसमा प्रतिष्ठानको अध्यक्षमा पार्टीका उपसभापति विमलेन्द्र निधि रहेका छ्न् ।
काँग्रेसले गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र प्रदेश ३ का केही जिल्लामा यसअघि प्रशिक्षण गरिसकेको जनाएको छ ।